FAQs Complain Problems

७ न‍‌ं. वडा , हरनामपुर

यस मायादेवी गाउँपालिका अन्तर्गत रहेकाे ७ नं. वडा साविकका हरनामपुर गा.वि.स.काे ९ वटा वडाहरू मिलेर बनेकाे छ । भाैगाेलिक दृष्टिकाेणले याे वडा गाउँपालिकाकाे केन्द्रबाट पश्चिममा - दक्षिण रहेकाे छ र गाउँपालिकाकाे कार्यालयबाट करिब ७ कि.मि. काे दुरी रहेकाे छ भने यस वडा अन्तर्गत एउटा प्राथ्मिक केन्द्र, दुइटा मा.वि. लगायत कयाैं संस्थागत तथा निजी विद्दालयहरू संचालनमा रहेका छन् । यसकाे कुल क्षे.फ. १०.०४ वर्ग कि.मि. छ र वडा कार्यालयकाे Lattitude 27.501996 र Longitude 83.093721 रहेकाे छ । जनसंख्याकाे दृष्टिकाेणले याे वडामा जम्मा ६८८ घरधुरी भएकाे याे वडामा २४२४ पुरूष र २४०३ महिला गरी कुल जम्मा ४८२७ जनसंख्या बसाेवास गरिरहेका छन् । यस वडा बाट स्थानीय तहकाे चुनाव २०७९ मा वडा अध्यक्षकाे रूपमा श्री जर्नादन प्रसाद चाैधरी ज्यू, निर्वाचित हुनुभएकाे छ ।

Population: 
4827
Ward Contact Number: 
9807501327