FAQs Complain Problems

५ न‍‌ं. वडा , बलुहवा

यस मायादेवी गाउँपालिका अन्तर्गत रहेकाे ५ नं. वडा साविकका बलुहवा गा.वि.स.काे ९ वटा वडाहरू मिलेर बनेकाे छ । भाैगाेलिक दृष्टिकाेणले याे वडा गाउँपालिकाकाे केन्द्रबाट दक्षिण - पश्चिममा रहेकाे छ र गाउँपालिकाकाे कार्यालयबाट करिब ६ कि.मि. काे दुरी रहेकाे छ भने यस वडा अन्तर्गत गाउँपालिकाकै एक महत्वपूर्ण एैतिहासिक पर्यटकिय क्षेत्रकाे रूपमा सिसहनियाकाेट रहेकाे छ  । यसकाे कुल क्षे.फ. १०.७४ वर्ग कि.मि. छ र वडा कार्यालयकाे Lattitude 27.486560 र Longitude 83.116902 रहेकाे छ । जनसंख्याकाे दृष्टिकाेणले याे वडामा जम्मा ७६० घरधुरी भएकाे याे वडामा २७०८ पुरूष र २६४८ महिला गरी कुल जम्मा ५३५६ जनसंख्या बसाेवास गरिरहेका छन् । यस वडा बाट स्थानीय तहकाे चुनाव २०७९ मा वडा अध्यक्षकाे रूपमा श्री राघवेन्द्र प्रसाद पाण्डेय ज्यू, निर्वाचित हुनुभएकाे छ ।

Population: 
५३५६
Ward Contact Number: 
९८००७५७५२८